उनको यात्राको बारेमा
क्रिष्टियानले सन् २०१६ को अप्रिल १७ मा नेपालको हिमालयमा रहेको ८१६७ मिटर अग्लो धौलागिरी शिखर आरोहण गर्नको लागि ३५ देखि ४० दिनको यात्राको लागि प्रस्थान गरे । यो हिमाल सगरमाथाबाट करिब ५०० किलोमिटरमा अवस्थित रहेको छ । उनी अमेरिकी पर्वतारोही साथीसँग चढे जो आफ्नै खुसीले मे ४ मा तल ओर्लिए ।

अन्तिम सम्पर्क
क्रिष्टियानलाई शिविर १ र २ (करिब ६, ००० मिटर) मा पटक पटक देखिएको थियो । मे महिनाको १५ तारिक क्रिष्टियनले अन्तिम पटक आफ्नो स्याटेलाईट फोन प्रयोग गरेका थिए र त्यसपछि कुनै पनि टेक्स्ट मेसेजको प्रति उत्तर दिएका छैनन् । मे १६ को सोमवार बिहान धेरैजना मानिसहरूले क्रिष्टियानलाई धौलागिरी आधार शिविरबाट ईटालियन आधार शिविरतर्फ (करिब ४ घण्टाको हिँडाइ) ओर्लनको लागि प्रस्थान गरेको देखेका थिए । यद्यपि क्रिष्टियानलाई बाटोमा कसैले पनि देखेन न त ईटाली आधारमा देखिएको रिपोर्ट नै गरियो । त्यस बेला देखि उनको बारेमा केही पनि खबर छैन । त्यसैले धौलागिरी आधार शिविर(४,७५० मिटर) र ईटालियन आधार शिविर (३,७०० मिटर) को बीचमा
केही गलत कुरा भयो भन्ने हामीलाई शङ्का लागेको छ ।

खोजी
सन् २०१६ को मे र जुन र नोभेम्बर महिनामा हामीले एनकेबिभी (डच चढाइ तथा पर्वतारोहण संघ) एसएआरओएन (खोजी तथा वचाउ संगठन नेपाल) र सार्डग्स नेपालको सहयोगमा खोजी कार्य गर्‍यौ तर दुर्भाग्यवश हामीले उनलाई अहिलेसम्म फेला पार्न सकेका छैनौ ।

सरसामानहरूको सूचि
हामीले क्रिष्टियानको सर सामानहरूको सूचि पुन तयार गर्नमा सफल भयौ । त्यस क्षेत्रमा केही कुरा फेला पर्न सक्छ भन्ने हामीलाई आशा छ जसलाई हामीले क्रिष्टियानसँग जोड्न सक्ने छौ । सर सामानको सूचिको लागि यहाँ क्लिक गर्नुहोस् ।

सुझावहरू
दुर्भाग्यवस क्रिष्टियान अझै पनि हराइ रहेका छन् । यदि तपाईँसँग हाम्रो लागि कुनै सुझाव छ भने कृपया सुझाव पृष्ठ मार्फत त्यो हामीलाई पठाउनुहोस् ।